स्ट्याण्डर्ड चार्टर्डले लगातार पाँचौंपटक पायो ‘त्रिपल ए’ रेटिङ

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालले लगातार पाँचौं पटक ‘त्रिपल ए’ रेटिङ पाएको छ । रेटिङ एजेन्सी इक्रा नेपालले बैंकलाई यस वर्ष पनि ‘इक्राएनपी आइआर त्रिपल ए’ रेटिङ दिएको हो ।

बैंकले सन् २०२० देखि लगातार त्रिपल ए रेटिङ पाएको हो । इक्रा नेपालले बैंकको पूँजीको जोखिम भार, सम्पत्ति अनुपात, निष्क्रिय कर्जा, नियमन लगायतको मूल्यांकनमा चार्टर्डलाई उक्त रेटिङ दिइएको हो ।

यो रेटिङले बैंकले समयमै वित्तीय दायित्वहरू पूरा गर्न सक्ने र कम्पनी उच्चतम स्तरको सुरक्षित रहेको जनाउँदछ ।

तुलनात्मक रूपमा अरु वाणिज्य बैंकहरूको भन्दा चार्टर्डको खराब कर्जा निकै कम छ । हाल स्ट्याण्डर्ड चार्टर्ड बैंकको खराब कर्जा १.६० प्रतिशत मात्रै छ । जबकि वाणिज्य बैंकहरूको औसत खराब कर्जा नै ३.६३ प्रतिशत छ ।

साथै, बैंकको वित्तीय अवस्था पनि अन्य बैंकको तुलनामा बलियो, सुरक्षित र वित्तीय सबलतामा अब्बल रहेको इक्रा नेपालको दाबी छ ।

पूर्वी नाकाबाट पेट्रोलियम पदार्थको आयात घट्यो Read Previous

पूर्वी नाकाबाट पेट्रोलियम पदार्थको आयात घट्यो

निर्जीवन बीमामा मोटर बीमाको हिस्सा घट्दै, लघुबीमा अढाई गुणाले बढ्यो Read Next

निर्जीवन बीमामा मोटर बीमाको हिस्सा घट्दै, लघुबीमा अढाई गुणाले बढ्यो