सानिमा बैंकद्धारा दुर्घटनमा परेकालाई १० लाख बीमा रकम हस्तान्तरण

काठमाडौं । सानिमा बैंकले सानिमा प्लाटिनम पेरोल बचत खाता अन्तर्गत १० लाख रुपैयाँको दुर्घटना बीमा दाबी रकम हस्तान्तरण गरेको छ ।

यस बैंकका खातावाला टेकबहादुर मगरको दुर्घटना भई पूर्ण रुपमा अशक्त भएकोले निजलाई बीमा रकम हस्तान्तरण गरिएको हो ।

सानिमा बैंकको तर्फबाट बागमती प्रदेश प्रमुख सुशिलराज श्रेष्ठ र बीमा प्रदायक कम्पनी सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको तर्फबाट दाबी प्रमुख नवराज पराजुलीले संयुक्त रुपमा बीमा रकमको चेक हस्तान्तरण गरेका हुन् ।

दुर्घटनामा परेका भएका टेकबहादुर मगरले सानिमा बैंकको एकान्तकुना शाखामा सानिमा प्लाटिनम पेरोल बचत खाता खोलेका थिए ।

सानिमा बैंकले प्लाटिनम पेरोल बचत खाता अन्तर्गत रु. १० लाखको दुर्घटना बीमा, रु. ३ लाखसम्मको १३ घातक रोगहरुको उपचार बीमा, रु. १० हजारसम्मको ओपीडी भुक्तानी शुल्क सहितको रु. ५० हजारसम्मको औषधी उपचार बीमा, रु. ५० हजारको आवधिक जीवन बीमा र रु. ५ हजारको वार्षिक स्वास्थ्य परीक्षण सुविधा प्रदान गर्दै आइरहेको छ ।

सानिमा बैंकको देशका सातै प्रदेशमा १३३ वटा कार्यालय तथा १२४ वटा एटीएम संचालनमा रहेका छन् ।

सेयर बजार सुधार्ने सत्ता गठबन्धनको संकल्प, यस्ता छन् साझा कार्यक्रम (पूर्णपाठ) Read Previous

सेयर बजार सुधार्ने सत्ता गठबन्धनको संकल्प, यस्ता छन् साझा कार्यक्रम (पूर्णपाठ)

अरुण भ्याली हाइड्रोपावरको हकप्रद भर्ने आज अन्तिम दिन Read Next

अरुण भ्याली हाइड्रोपावरको हकप्रद भर्ने आज अन्तिम दिन