अरुण भ्याली हाइड्रोपावरको हकप्रद भर्ने आज अन्तिम दिन

काठमाडौं । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।

कम्पनीले फागुन १७ गतेदेखि बिक्रीमा ल्याएको १०० प्रतिशत अर्थात् १:१ अनुपातमा हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन हो ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले १ अर्ब ८६ करोड ७९ लाख ६२ हजार ६०० रुपैयाँ बराबरको १ करोड ८६ लाख ७९ हजार ६२६ कित्ता हकप्रद सेयर बिक्रीमा ल्याएको छ ।

कम्पनीले हकप्रद प्रयोजनका लागि माघ १५ गते बुकक्लोज गरेको थियो। सो अनुसार माघ १४ गतेसम्म कायम सेयरधनीहरुले मात्र हकप्रद सेयरमा आवेदन दिन पाउने छन् ।

लगानीकर्ताले कम्पनीको सेयर बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल, कम्पनीको केन्द्रिय कार्यालय, मुक्तिनाथ विकास बैंक र ग्लोबल आइएमई बैंकका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्। साथै, नेपाल धितोपत्र बोर्डबाट सीआस्बा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था, तिनका शाखा कार्यालयहरुका र मेरो सेयरमार्फत अनलाइन् आवेदन दिन सक्नेछन् ।

हकप्रद निष्काशनका लागि गराएको रेटिङमा केयर रेटिङ नेपालले कम्पनीलाई ‘केयर एनपी डबल बी माइनस इस्यूअर’ रेटिङ दिएको छ । यसले कम्पनीको समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँदछ ।

हाल १ अर्ब ८६ करोड ७९ लाख ६२ हजार ६०० रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको हकप्रद निष्काशनपछि ३ अर्ब ७३ करोड ५९ लाख २५ हजार २०० रुपैयाँ पुग्नेछ।

हकप्रदबाट प्राप्त रकम काबेली बी १ क्यासकेड जलविद्युत आयोजनाको लागि बैंक तथा वित्तीय संस्थाबाट लिएको दीर्घकालीन ऋण तिर्न र पीके हाइड्रोपावरले निर्माण गर्ने लिखु खोला जलविद्युत आयोजनामा स्वपूँजी लगानी गर्न प्रयोग गरिने कम्पनीले जनाएको छ ।

सानिमा बैंकद्धारा दुर्घटनमा परेकालाई १० लाख बीमा रकम हस्तान्तरण Read Previous

सानिमा बैंकद्धारा दुर्घटनमा परेकालाई १० लाख बीमा रकम हस्तान्तरण

स्काइवाक टावरको टिकटमा नबिल बैंकका ग्राहकलाई विशेष छुट Read Next

स्काइवाक टावरको टिकटमा नबिल बैंकका ग्राहकलाई विशेष छुट