मनकामना केबलकार चैत ७ गते बन्द हुने

काठमाडौं । मनकामना केबलकार एक दिनका लागि बन्द हुने भएको छ । नियमित मर्मतसम्भार गर्नुपर्ने भएकाले यही चैत ७ गते एक दिनका लागि सेवा बन्द गर्न लागिएको मनकामना दर्शन प्रालिले जनाएको छ ।

नियमित मर्मतसम्भारका लागि एक दिन बन्द हुने सेवा चैत ८ गते बिहीबारदेखि नियमित सञ्चालनमा आउने प्रालिका नायब महाप्रबन्धक उज्ज्वल शेरचनले जानकारी दिए ।

गोरखाको सहिद लखन गाउँपालिका–३ स्थित प्रसिद्ध धार्मिकस्थल मनकामनामाइको मन्दिरमा पूजा गर्न जाने दर्शनार्थीको सहजताका लागि चितवनको इच्छाकामना–४ कुरिनटारबाट १० मिनेटमा पुग्नेगरी विसं २०५५ मा उक्त केबलकार सेवा स्थापना भएको थियो ।

मनकामना केबलकार नेपालको पहिलो केबलकार हो ।

रेसुंगा विमानस्थलमा अब सातामा तीन उडान हुने, भाडादर कति ? Read Previous

रेसुंगा विमानस्थलमा अब सातामा तीन उडान हुने, भाडादर कति ?

सैनिक कल्याणकारी कोषमा ८२ अर्ब जम्मा, ६ महिनामै थपियो साढे ११ अर्ब Read Next

सैनिक कल्याणकारी कोषमा ८२ अर्ब जम्मा, ६ महिनामै थपियो साढे ११ अर्ब