रेसुंगा विमानस्थलमा अब सातामा तीन उडान हुने, भाडादर कति ?

गुल्मीको रेसुङ्गा नगरपालिका-१० स्थित रेसुंगा विमानस्थल ।

गुल्मी । रेसुङ्गा विमानस्थलबाट आजदेखि सातामा तीन उडान हुने भएको छ ।

यसअघि नेपाल एयरलाइन्सले बुधबार र शुक्रबार गरी दुई दिन उडान हुँदै आएकोमा अब सोमबार पनि सोही एयरलाइन्सले उडान भर्न लागेको रेसुङ्गा विमानस्थलका स्टेशन प्रमुख सुमन थापाले जानकारी दिए ।

रेसुङ्गा नगरपालिकाका प्रमुख खिल्धवज पन्थीले यात्रुको चाप बढेकाले नेपाल एयरलाइन्ससँग समन्वयमा एक उडान थप गरिएको बताए। ‘यात्रुको चाप बढेपछि थप एक उडान सुरु गर्न लागिएको हो । आगामी दिनमा यात्रुको चापका आधारमा थप उडानबारे एयरलाइन्ससँग आवश्यक समन्वय गरिनेछ,’ उनले भने ।

नेपाल एयरलाइन्सको १८ सिट क्षमताको जहाजले प्रत्येक साताको बुधबार र शुक्रबार बिहान काठमाडौं-रेसुङ्गा-काठमाडौं उडान गर्दै आएको छ ।

काठमाडौं-रेसुङ्गा लागि ७ हजार २८० रुपैयाँ र रेसुङ्गा-काठमाडौं रुटका लागि ७ हजार ८० रुपैयाँ भाडादर निर्धारण गरिएको छ । रेसुङ्गा विमानस्थल सदरमुकाम तम्घासबाट ५ किलोमिटरको दूरीमा पर्छ ।

सहकारीको ऋण समयमै नतिर्नेलाई कारबाही गर्ने काठमाडौं महानगरको चेतावनी Read Previous

सहकारीको ऋण समयमै नतिर्नेलाई कारबाही गर्ने काठमाडौं महानगरको चेतावनी

मनकामना केबलकार चैत ७ गते बन्द हुने Read Next

मनकामना केबलकार चैत ७ गते बन्द हुने