रोकिएन सुनको मूल्य बढ्ने क्रम

काठमाडौं । नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्य वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु ८०० बढेर प्रतितोला रु १ लाख २५ हजार ८०० कायम भएको छ । बुधबार छापावाल सुनको मूल्य प्रतितोला रु १ लाख २५ हजार थियो ।

त्यसैगरी, तेजावी सुनको मूल्य पनि प्रतितोला रु ८०० ले वृद्धि भई प्रतितोला रु १ लाख २५ हजार २०० कायम भएको छ । बुधबार तेजावी सुनको मूल्य प्रतितोला रु १ लाख २४ हजार ४०० थियो ।

चाँदीको पनि प्रतितोला रु ५० ले वृद्धि भई प्रतितोला रु १ हजार ११५ मा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा सुन र चाँदीको मूल्यमा भएको सामान्य गिरावटसँगै त्यसको असर नेपाली बजारमा पनि देखिएको हो ।

पैसा थुप्रिएपछि ६ महिनामै ४.५५% बिन्दुसम्मले घट्याे ब्याजदर, कुनले कति घटाए ? Read Previous

पैसा थुप्रिएपछि ६ महिनामै ४.५५% बिन्दुसम्मले घट्याे ब्याजदर, कुनले कति घटाए ?

तामाकोशीको सेयरमा लगानीकर्ताको उच्च आकर्षण, २५ मिनेटमै किने १२ लाख बढी कित्ता Read Next

तामाकोशीको सेयरमा लगानीकर्ताको उच्च आकर्षण, २५ मिनेटमै किने १२ लाख बढी कित्ता