भारतले घटायो एलपी ग्यासको मूल्य, प्रतिसिलिण्डर १०० रुपैयाँ छुट

काठमाडौं । भारतको केन्द्र सरकारले अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा खाना पकाउने एलपी ग्यासको भाउ घटाउने घोषणा गरेको छ ।

शुक्रबार प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जाल एक्समार्फत सरकारले एलपी ग्यासको मूल्य सिलिन्डरमा १०० रुपैयाँ छुट दिने निर्णय गरेको जानकारी गराएका हुन् ।

‘आज महिला दिवसको अवसरमा हामीले ग्यास सिलिन्डरको मूल्यमा १०० रुपैयाँ छुट दिने ठूलो निर्णय गरेका छौं । यसले महिला शक्तिको जीवन सहज मात्रै होइन करोडौं परिवारको आर्थिक बोझ पनि कम गर्नेछ । यो कदम पर्यावरण संरक्षणमा पनि सहयोगी हुनेछ, जसले सम्पूर्ण परिवारको स्वास्थ्य सुधार गर्नेछ,’ उनले लेखेका छन्, उनले भनेका छन्, ‘यो निर्णय महिला सशक्तिकरण र उनीहरूको जीवन सहज बनाउने हाम्रो प्रतिबद्धता अनुरूप छ।’

दुई दिनअघि बुधबार मात्रै सीएनजीको मूल्य घटाउने घोषणा गरिएको थियो। बुधबार प्रतिकिलो २.५ रुपैयाँ घटाएपछि दिल्लीमा सीएनजीको मूल्य ७४.०९ रुपैयाँमा झरेको छ।

प्रधानमन्त्री नरेन्द्र मोदीले यसलाई महिला दिवसको अवसरमा घटाएको भने पनि यसले उनलाई चुनावी एजेन्डा बनाइरहेको बुझ्न कठिन छैन। भारतमा आगामी मे २४ मा लोकसभा निर्वाचन हुँदैछ।

शिवरात्रिमा मानसरोवरमा माउन्टेन फ्लाइट, १५० बढीले आकाशबाटै गरे दर्शन Read Previous

शिवरात्रिमा मानसरोवरमा माउन्टेन फ्लाइट, १५० बढीले आकाशबाटै गरे दर्शन

नेप्सेमा थप ३ कम्पनीको बोनस सेयर नेप्सेमा सूचीकृत Read Next

नेप्सेमा थप ३ कम्पनीको बोनस सेयर नेप्सेमा सूचीकृत