काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा थप तीन कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । नेप्सेमा जीवन विकास लघुवित्त वित्तीय संस्था, युनाइटेड अजोड इन्स्योरेन्स र हिमालयन एभरेष्ट इन्स्यारेन्सको बोनस सेयर सूचीकृत भएको छ ।
तीनै कम्पनीले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट वितरण गरेको बोनस सेयर सूचीकृत भएको हो । नेप्सेका अनुसार जीवन विकास लघुवित्तको १४ प्रतिशत अर्थात् १६ लाख ५४ हजार ८४७ कित्ता बोनस सेयर सूचीकृत भएको छ ।
त्यस्तै, युनाइटेड अजोडको १०.२६ प्रतिशत (१९ लाख ५४ हजार ३२० कित्ता) र हिमालयन एभरेष्टको ८.६३ प्रतिशत (१९ लाख ८६ हजार २२४ कित्ता) कित्ता बोनस सेयर सूचीकृत भएको हो ।
तीनै कम्पनीको सूचीकृत बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा जम्मा भएपछि मात्र दोस्रो बजारमा खरिदबिक्री गर्न सक्नेछन् ।