लक्ष्मी बैंकको भिसा कार्ड डिजाइन कम्पिटीसन

लक्ष्मी बैंकले ७ प्रदेशका लागि उपयुक्त भिसा कार्ड डिजाइनको खुल्ला प्रतियोगिताको घोषणा गरेको छ । यो प्रतियोगिताको मुख्य उद्धेश्य भनेकै सातै प्रदेशका मौलिक कला, संस्कृती र विषेशता झल्किने र त्यसको परिचय दिने डिजाइनको खोजी हो । यस प्रतियोगिताले ग्राहकहरुलाई उत्कृष्ट ब्राण्ड एक्स्पेरियन्स समेत प्रदान गर्ने लक्ष्य बैंकको  छ ।

 

डिजाइन मौलिक, अद्वितीय एवं कपिराइट उलंघन नभएको हुनुपर्ने छ । प्रस्तुत प्रतियोगितामा नेपाली नागरिक वा कानूनी रुपमा नेपालमा दर्ता भएको कम्पनीले सहभागिता जनाउन सक्नेछन् । कार्ड डिजाइन गर्दा प्रदेशको मौलिककला, सँस्कृती वा प्राकृतिक सुन्दरता झल्किएको हुनुपर्ने छ । कन्सेप्ट फोटो, पेन्टिङ्ग वा ग्राफिक इलसट्रेशन मार्फत पेश गर्न सकिनेछ ।

 

प्रत्येक विजयी कन्सेप्टले नगद पुरस्कार स्वरुप ५० हजार प्राप्तगर्न सक्नेछन । यसरी ७ प्रदेशको लागि कूलनगद पुरस्कार ३ लाख ५० हजार प्रदानगरिने छ । विजेताको घोषणा गर्ने अन्तिम निर्णय लक्ष्मी बैंकमा निहीत रहने छ भने छनौट भएमा उक्त डिजाइनको सर्वाधिकार बैंकसँगै रहने छ । प्रतियोगीहरुले आफ्नो डिजाइन जुलाई महिनाको ३१ तारिख सम्ममा बैकंको वेबसाइट मार्फत बुझाउनु सक्नेछन् ।

ब्रोकर लाइसेन्स बैंकलाई मात्र होइन, अन्य कम्पनीलाई पनि Read Previous

ब्रोकर लाइसेन्स बैंकलाई मात्र होइन, अन्य कम्पनीलाई पनि

यसरी हुन्छ इन्साईडर ट्रेडिङ, लगानीकर्ता मारमा, नयाँ कानुन ल्याउँदै बोर्ड Read Next

यसरी हुन्छ इन्साईडर ट्रेडिङ, लगानीकर्ता मारमा, नयाँ कानुन ल्याउँदै बोर्ड