काठमाडौं । नेरुडे लघुवित्त र मिर्मिरे लघुवित्त वित्तीय संस्थाले फागुन ३० गतेदेखि एकीकृत कारोबार सुरू गर्ने भएका छन् ।
दुवै लघुवित्त एक आपसमा मर्ज भई ‘नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था’को नामबाट एकीकृत कारोबार सुरू गर्न लागेका हुन् ।
दुवै कम्पनीलाई एकीकृत कारोबार गर्न नेपाल राष्ट्र बैंकले फागुन २१ गते र कम्पनी रजिष्ट्रार कार्यालयले फागुन २२ गते अन्तिम स्वीकृति दिएका थिए । धितोपत्र बोर्डले पनि कात्तिक २४ गते मर्जरका लागि स्वीकृति दिएको थियाे ।
गत वैशाख १० गतेसम्म सम्पन्न दुवै लघुवित्तको विशेष साधारण सभाले मर्जरसम्बन्धी प्रस्ताव पारित गरेका थिए । दुवै लघुवित्त समान हैसियत अर्थात् १:१ सेयर अनुपातमा मर्ज हुन लागेका हुन् ।
मर्जरपछि बन्ने संस्थाको केन्द्रीय कार्यालय बनेपा नगरपालिका वडा नं ८ काभ्रेपलाञ्चोकमा रहने बताइएको छ। यस्तै, डाटा माइग्रेसन प्रक्रियाका लागि दुवै कम्पनीका सबै सेवाहरू फागुन २९ गते बन्द हुनेछ।