हाथवे इन्भेष्टमेन्टको ‘लक इन पिरियड’ चैत १ गते सकिने

काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपालले सामूहिक लगानी कोषहरुको लागि छुट्याइएको साधारण सेयरको ‘लक इन पिरियड’ चैत १ गतेपछि सकिने भएको छ ।

कम्पनीले बुधबार एक सूचना जारी गर्दै सामूहिक लगानी कोषहरूको नाममा रहेको ३६ हजार ५१२ कित्ताको लकइन पिरियड सकिने जानकारी गराएको हो ।

धितोपत्र बोर्डको व्यवस्था अनुसार सामूहिक लगानी कोषले पाएको आइपीओ ६ महिनासम्म बेच्न पाउँदैनन् । कम्पनीको आइपीओ बाँडफाँट भएको ६ महिना पुग्ने भएसँगै चैत २ देखि म्युचुअल फण्डले सेयर बेच्न पाउने भएका हुन् ।

कम्पनीको सेयर रजिष्ट्रार ग्लोबल आइएमई क्यापिटल रहेको छ ।

सुनको मूल्यले फेरि बनायो हालसम्मकै महँगोको रेकर्ड Read Previous

सुनको मूल्यले फेरि बनायो हालसम्मकै महँगोको रेकर्ड

फागुन ३० देखि एकीकृत कारोबार गर्दै नेरुडे र मिर्मिरे लघुवित्त Read Next

फागुन ३० देखि एकीकृत कारोबार गर्दै नेरुडे र मिर्मिरे लघुवित्त