काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले दिनदिनै नयाँ रेकर्ड बनाउन थालेको छ । मंगलबार मात्रै इतिहासकै महँगोको रेकर्ड बनाएको सुनको मूल्य आज फेरि नयाँ कीर्तिमान बनाएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको भाउ प्रतितोला ५०० हजार रुपैयाँले बढेर १ लाख २३ हजार ५०० रुपैयाँ पुगेको छ ।
यो नेपाली बजारमा अहिलेसम्मकै महँगो हो । यसअघि हिजो प्रतितोला १ लाख २३ हजार रुपैयाँ पुगेको थियो ।
महासंघका अनुसार आज तेजावी सुनको भाउ पनि प्रतितोला ५०० रुपैयाँ बढेर १ लाख २२ हजार ९०० रुपैयाँ पुगेको छ ।
अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढेसँगै नेपाली बजारमा पनि आकाशिएको हो । आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २ हजार १२१.१५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
आज चाँदी प्रतितोला ५ रुपैयाँ घटेर १ हजार ४४० रुपैयाँमा कारोबार भइरहेको छ ।