बालुवाटारबाट १३ जना मिटरब्याज पीडित पक्राउ

काठमाडौं । बालुवाटारबाट १३ जना मिटरब्याज पीडित पक्राउ परेका छन् ।

निषेधित क्षेत्रमा प्रदर्शन गरेको भन्दै प्रहरीले मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिका अध्यक्ष अवधेश कुशवाहसहित १३ जना पक्राउ गरेको हो ।

पक्राउ परेकालाई अहिले प्रहरी वृत्त, मालीगाउँमा राखिएको छ । मिटरब्याज पीडितहरूले आज भृकुटीमण्डप–जमल–नक्साल हुँदै बालुवाटार मार्च गर्ने कार्यक्रम थियो । उनीहरूलाई प्रहरीले भृकुटीमण्डमै रोकेपछि केही पीडित बालुवाटार प्रधानमन्त्री निवास ३ नम्बरको गेट पुगेर प्रदर्शन गरेका थिए ।

फागुन ३० देखि एकीकृत कारोबार गर्दै नेरुडे र मिर्मिरे लघुवित्त Read Previous

फागुन ३० देखि एकीकृत कारोबार गर्दै नेरुडे र मिर्मिरे लघुवित्त

समस्याग्रस्त सहकारीका ऋणीलाई ऋण तिर्न ३५ दिने अल्टिमेटम, नतिरे सम्पत्ति रोक्का Read Next

समस्याग्रस्त सहकारीका ऋणीलाई ऋण तिर्न ३५ दिने अल्टिमेटम, नतिरे सम्पत्ति रोक्का