एनसेलको ‘रिचार्जमा चमत्कार’ योजनाको पहिलो हप्ताको विजेता घोषणा

काठमाडौं । एनसेलले ‘रिचार्जमा चमत्कार’ योजना अन्तर्गत पहिलो हप्ताका एक विजयी चित्र कुमार सिगुलाई बिहीबार एक कार्यक्रम माझ २ लाख रुपैयाँ नगद पुरस्कार हस्तानतरण गरेको छ।

 

पाँचथरका सिगु यस योजना अन्तर्गत पहिलो हप्ताका पाँच विजयीहरु मध्ये एक हुन्।आफ्नो कष्टमर लोयल्टी कार्यक्रम अन्तर्गत एनसेलले यो ‘रिचार्जमा चमत्कार’ अफर मंसिर १ देखि संचालन गर्दै आएको छ। यस योजना अन्तर्गत हरेक योग्य ग्राहकले प्रत्येक हप्ता २ लाख नगद र प्रत्येक महिना १० लाख नगद जित्ने मौका पाउँछन्।

 

योजनाको पहिलो हप्ताका पाँच विजेता ग्राहकहरु मध्ये बिहीबार एक ग्राहक सिगुलाई एनसेल सेन्टर कुमारीपाटीबाट २ लाख नगद पुरस्कार ग्रहण गरेका छन्।

 

पेशाले सिकर्मी रहेका सिगुले नगद पुरस्कार पाएर अत्यन्त खुसी व्यक्त गर्दै आफुले पाएको पुरस्कार रकमले आफ्नो बगुंर फार्ममा थप लगानी गर्ने बताए।

विश्वकै ठूलो आइपीओमा उठ्याे  २५.६ अर्ब डलर Read Previous

विश्वकै ठूलो आइपीओमा उठ्याे २५.६ अर्ब डलर

कञ्चन डेभलपमेन्ट बैंकको लाभांश घोषणा Read Next

कञ्चन डेभलपमेन्ट बैंकको लाभांश घोषणा