काठमाडौं । कञ्चन डेभलपमेन्ट बैंकले गत वर्षको नाफाबाट शेयरधनीलाई १७ प्रतिशत लाभांश दिने घोषणा गरेको छ।
बैंक सञ्चालक समितिको मंसिर १९ गते सम्पन्न १६९ औं बैठकले आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट १० प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ७ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको हो।
प्रस्तावित लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति तथा बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्र शेयरधनीले पाउनेछन्।
