भायानेटले एकैसाथ जित्यो दुई अवार्ड

काठमाडौं । भायानेट कम्युनिकेसन लिमिटेडले एकैसाथ दुई अवार्ड जितेको छ । बिहीबार सिंगापुरमा आयोजित अवार्ड समारोहमा भायानेटले सन् २०२४ को एसियन टेलिकम अवार्डमा ‘ब्रोडब्यान्ड टेलिकम कम्पनी अफ द इयर’ र ‘टेक्नोलोजी इनोभेसन अफ द इयर–नेपाल’ अवार्ड जितेको हो ।

एक्सजीएस टेक्नोलोजीमा आधारित नेपालको पहिलो मल्टि गिग इन्टरनेट बजारमा ल्याएर नयाँ टेक्नोलोजीमा परिचित गराउने र ग्राहकमा यसको उल्लेख्य प्रभाव ल्याउनसफल भएको हुनाले कम्पनीलाई यी प्रतिष्ठित पुरस्कारहरूबाट सम्मानित गरिएको हो।

उक्त अवार्डको लागी भायानेट, नेपालका अन्य इन्टरनेट प्रदायक र टेलिकम कम्पनीहरूसँग मनोनयनमा परेको थियो । विभिन्न निर्णायकहरूको प्रक्रियागत निर्णय र छलफलको आधारमा भायानेट विजेता बनेको हो ।

कम्पनीले यस विधामा नेपालमा पहिलो पटक यो प्रतिष्ठित अवार्ड जितेको हो । एसियाली टेलिकम अवार्ड एसियन मोबाइल न्यूजबाट सन्चालन हुँदै आएको छ । अवार्ड कार्यक्रमले एशियाका अग्रणी टेलिकम र ब्रोडब्यान्ड कम्पनीहरूको उत्कृष्ट उपलब्धि र पहलहरूलाई मान्यता दिँदै आएको पाइन्छ।

भायानेट कम्युनिकेसन लिमिटेडकी सीईओ सेवा पाठक बोहराले कम्पनीको सफलतामा खुसी व्यक्त गरिन् । ‘भायानेट सधैं ग्राहकको आवश्यकता अनुरुप नविनतम टेक्नोलोजीको प्रयोग गर्नेमा अग्रपंक्तिमा रहदै आएको छ र यी पुरस्कारहरूले हाम्रो टिम र कम्पनीको अथक प्रयास र ग्राहक प्रतीको प्रतिबध्दतालाई थप उर्जा प्रदान गर्छ,’ उनले भनिन् ।

एक्सजीएस फाइबर टेक्नोलोजी, १० गीगाबिट्स प्रति सेकेन्ड (जीबीपीएस) सम्मको समान गतिमा डेटा स्थानान्तरण प्रदान गर्ने क्षमताको साथ, यसलाई बजारमा ल्याएसँगै स्थानीय व्यापार परिदृश्यमा यसको प्रभाव निकै राम्रो देखिएको छ । जसले उद्यमहरूलाई अतुलनीय दक्षता र विश्वसनीयताका साथ डिजिटल अर्थतन्त्रको आवश्यक मागहरू पूरा गर्न सक्षम बनाउँछ।

 

भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको भाउ, निगमले नबढाउने Read Previous

भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको भाउ, निगमले नबढाउने

महाशिवरात्रिमा बन्दीपुर केबलकारले शिवको मूर्तिको प्राण प्रतिष्ठा गर्दै Read Next

महाशिवरात्रिमा बन्दीपुर केबलकारले शिवको मूर्तिको प्राण प्रतिष्ठा गर्दै