भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको भाउ, निगमले नबढाउने

काठमाडौं । भारतबाट पेट्रोलियम पद्धार्थको भाउ बढेर आएको नेपाल आयल निगमले जनाएको छ ।

बिहीबार प्राप्त नयाँ मूल्य सूची अनुसार पेट्रोल, डिजेल र खाना पकाउने एलपी ग्यासको मूल्य बढेर आएको हो ।

निगमका अनुसार भारतीय आयल कर्पोरेसन (आइओसी)ले पेट्रोलमा प्रतिलिटर २१ पैसा, डिजेलमा ८५ पैसा र खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिण्डर २१.६६ रुपैयाँ भाउ बढाएर पठाएको छ ।

भारतबाट मूल्य बढेर आए पनि नेपाली बजारमा हाल पुरानै मूल्य यथावत राखिएको निगमले जनाएको छ । डिजेल र पेट्रोलमा १ रुपैयाँभन्दा कम बढेर आएकाले मूल्य समायोजन नगरिएको हो ।

निगमले गत साउनदेखि स्वचालित मूल्य प्रणाली लागू गर्दै आएको छ । सो अनुसार मूल्य बढेर आए यहाँ पनि बढाउने र घटेर आए घटाउने गरेको छ ।

निगमले हाललाई पेट्रोलको भाउ पहिलो वर्गमा प्रतिलिटर १६९.५० रुपैयाँ, दोस्रो वर्गमा १७१ रूपैयाँ र तेस्रो वर्गमा १७२ रूपैयाँ तोकेको छ ।

खाना पकाउने ग्यासको भाउ देशभर १ हजार ९१० रूपैयाँ छ।

 

काममाडौंका ११८ औषधि पसल मापदण्ड विपरीत, फ्रिज नचलाइ खोप भण्डारण Read Previous

काममाडौंका ११८ औषधि पसल मापदण्ड विपरीत, फ्रिज नचलाइ खोप भण्डारण

भायानेटले एकैसाथ जित्यो दुई अवार्ड Read Next

भायानेटले एकैसाथ जित्यो दुई अवार्ड