दूधको भुक्तानी तुरून्तै दिन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुग्ध विकास संस्थानले दूध खरिद गरेबापत किसानलाई दिनुपर्ने भुक्तानी तुरुन्त दिन निर्देशन दिएका छन् ।

उनले अर्थमन्त्री डा प्रकाशशरण महत, कृषि तथा पशुपक्षी विकास मन्त्री डा बेदुराम भुसाल र मुख्यसचिव डा बैकुण्ठ अर्याललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बोलाएर किसानको दूधको भुक्तानी तुरून्तै दिन निर्देशन दिएका हुन् ।

सो क्रममा प्रधानमन्त्रीले निजी क्षेत्रबाट किसानले पाउनुपर्ने भुक्तानी तुरून्त दिन र भुक्तानी नदिए कारबाहीको प्रक्रिया अगाडि बढाउन निर्देशन दिएको प्रधानमन्त्री दाहालको सचिवालयले जनाएको छ ।

उनले भने, ‘किसानले महिनौँसम्म दूधको भुक्तानी नपाउनुको कारण के हो, यसलाई गम्भीरतापूर्वक लिनुस् । निजी क्षेत्रबाट किसानलाई भुक्तानी दिनुपर्ने रकमका लागि तत्काल सहजीकरण गर्नुस् ।”

ठेक्का अलपत्र पार्ने थप ९ कम्पनी कालोसूचीमा (विवरणसहित) Read Previous

ठेक्का अलपत्र पार्ने थप ९ कम्पनी कालोसूचीमा (विवरणसहित)

चीनले यस वर्ष करिब १०० वटा अन्तरिक्ष प्रक्षेपण गर्ने Read Next

चीनले यस वर्ष करिब १०० वटा अन्तरिक्ष प्रक्षेपण गर्ने