ठेक्का अलपत्र पार्ने थप ९ कम्पनी कालोसूचीमा (विवरणसहित)

काठमाडौं । ठेक्का सम्झौता अनुसार काम नगर्ने थप ९ कम्पनी कालोसूचीमा परेका छन् । सार्वजनिक खरिद अनुगमन कार्यालयले मंगलबार एक सूचना जारी गर्दै  थप ९ कम्पनीलाई एकैपटक कालोसूचीमा राखिएकको जानकारी गराएको हो ।

कार्यालयले ती निर्माण कम्पनीलाई सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम १ वर्षदेखि ३ वर्षका लागि कालोसूचीमा राखेको हो ।

कार्यालयका अनुसार सुर्खेतको मजदुर कन्स्ट्रक्सन प्रालिलाई ३ वर्ष र काठमाडौंको खम्पाचे शेर्पा निर्माण सेवा प्रालिलाई २ वर्षका लागि कालोसूचीमा राखिएको छ ।

त्यसैगरी, कास्कीको इन्द्रपुरी कन्स्ट्रक्सन फर्म, काठमाडौंको रुपन्देही विल्डर्स एन्ड कन्स्ट्रक्सन र काठमाडौंकै प्राकृतिक/कश्यप/समिर जेभीलाई डेढ वर्षका लागि कालोसूचीमा राखिएको छ ।

कास्कीको इन्द्रपुरी कन्स्ट्रक्सन फर्म, काठमाडौंको पारस बिल्डर्स एण्ड सप्लायर्स, सुनसरीको प्रभु एण्ड सन्स निर्माण सेवा र गुल्मीको न्यू मालिका निर्माण सेवालाई १ वर्षका लागि कालोसूचीमा राखिएको कार्यालयले जनाएको छ ।

कालोसूचीमा परेका कम्पनीले अब तोकिएको अवधिसम्म सरकारी निकायको कुनै पनि खरिद तथा निर्माणका कार्यमा भाग लिन पाउने छैनन् । कालोसूचीमा राख्नुभन्दा अगाडि सम्झौता भएका कार्य भने निरन्तर हुने कार्यालयले जनाएको छ।

ऋण हिनामिनाको आरोपमा प्रभु बैंकका डेपुटी सीईओ न्यौपाने पक्राउ Read Previous

ऋण हिनामिनाको आरोपमा प्रभु बैंकका डेपुटी सीईओ न्यौपाने पक्राउ

दूधको भुक्तानी तुरून्तै दिन प्रधानमन्त्रीको निर्देशन Read Next

दूधको भुक्तानी तुरून्तै दिन प्रधानमन्त्रीको निर्देशन