ऋण हिनामिनाको आरोपमा प्रभु बैंकका डेपुटी सीईओ न्यौपाने पक्राउ

काठमाडौं । प्रभु बैंकका नायब प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ) मनोज न्यौपाने पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)ले मंगलबार ऋण हिनामिनाको आरोपमा उनीसहित ९ जनालाई पक्राउ गरेको हो ।

प्रभुमा गाभिनु अघि न्यौपाने तत्कालीन सेञ्चुरी कमर्शियल बैंककाे सीईओ थिए । पक्राउ पर्नेमा सेञ्चुरी बैंककै पूर्व सीईओ तुलसीराम गौतम समेत रहेको जनाइएको छ ।

सीआइबीले न्यौपानेसहित ४ जना प्रभुको केन्द्रीय कार्यालय, बबरमहल र ५ जनालाई कमलादी कार्यालयबाट पक्राउ गरेको हो ।सोही प्रकरणमा थप केहीलाई पक्राउ गर्ने तयारी भइरहेको सीआइबीले जनाएको छ ।

न्यापानेले तत्कालीन सेञ्चुरी बैंकमा कार्यरत रहँदा ऋण प्रवाह गर्दा अनियमितता गरेको भेटिएपछि उनलाई पक्राउ गरिएको सीआइबीले जनाएको छ ।

राष्ट्र बैंकको अनुरोधमा सीआइबीले तत्कालीन सेञ्चुरी बैंकमा भएका कर्जा दुरुपयोगको बारेमा लामो समयदेखि अनुसन्धान गरिरहेकाे थियो । सोही क्रममा न्यापानेसहित कर्मचारी दोषी देखिएपछि पक्राउ परेका हुन् ।

प्रभुमा गाभिनु अघि सेञ्चुरीको वित्तीय अवस्था निकै नाजुक थियो । खराब कर्जा ह्वात्तै बढेको थियो भने केही कर्जा लगानीमा समेत आंशका उब्जेका थिए ।

 

लघुवित्त संस्थाले बिना धितो ५ लाखभन्दा बढी ऋण दिन नपाउने Read Previous

लघुवित्त संस्थाले बिना धितो ५ लाखभन्दा बढी ऋण दिन नपाउने

ठेक्का अलपत्र पार्ने थप ९ कम्पनी कालोसूचीमा (विवरणसहित) Read Next

ठेक्का अलपत्र पार्ने थप ९ कम्पनी कालोसूचीमा (विवरणसहित)