चीनले यस वर्ष करिब १०० वटा अन्तरिक्ष प्रक्षेपण गर्ने

बेइजिङ । चीनले यो वर्ष करिब १०० वटा अन्तरिक्ष प्रक्षेपण गर्ने भएको छ । यस योजनाबाट अन्तरिक्षका क्षेत्रमा देशको नयाँ रेकर्ड कायम हुनेछ ।

सोमबार पत्रकार सम्मेलन आयोजना गरी यस बारे सार्वजनिक जानकारी गराइएको छ । प्रक्षेपणहरूमा चीनको पहिलो व्यावसायिक अन्तरिक्ष यान प्रक्षेपण साइटबाट पहिलो उडान समावेश गरिएको बताइएको छ ।

चीनको पहिलो व्यावसायिक अन्तरिक्ष यान प्रक्षेपण स्थल दक्षिण चीनको टापु प्रान्त हेनानको वेनचाङ शहरमा निर्माण भइरहेको छ।

चाइना एरोस्पेस साइन्स एन्ड टेक्नोलोजी कर्पोरेशन, देशको रकेट शृङ्खला विकासकर्ता र देशको अन्तरिक्ष उद्योगको अग्रणी शक्ति, चाइना एरोस्पेस विज्ञान र प्रविधिको सन् २०२३ ब्लु बुक (नीलो पुस्तिका)पनि सोही पत्रकार सम्मेलनमा जारी गरी यसबारे थप जानकारी दिइएको छ ।

दूधको भुक्तानी तुरून्तै दिन प्रधानमन्त्रीको निर्देशन Read Previous

दूधको भुक्तानी तुरून्तै दिन प्रधानमन्त्रीको निर्देशन

पर्वतमा यस वर्ष २० किलोमिटर सडक कालोपत्र गरिँदै Read Next

पर्वतमा यस वर्ष २० किलोमिटर सडक कालोपत्र गरिँदै