अब दक्षिण अफ्रिकाबाट आउन थाल्यो प्याज

काठमाडौं । भारतले प्याज निर्यातमा प्रतिबन्ध लगाएको ३ महिना बितिसकेको छ । भारतले प्याज निर्यात रोकेपछि नेपालमा प्याजको भाउ आकाशियो ।

 

काठमाडौंमा प्याजको मूल्य २ सय ५० रुपैयाँ केजीसम्म पुग्यो । कतिले प्याजनै खान छाडे भने कतिले महँगो मूल्यमा किनेर खाए । केहीले सामाजिक सञ्चालमा प्याजलाई बहुमूल्य धातुहरुसँग तुलना गरी ब्यंग्य गरे ।

 

यसरी हेर्दा उपभोक्तामा के नेपाली बजारमा प्याज पाउनै मुस्किल परेको हो त भन्ने प्रश्न उब्जिएको छ ।न्यून आम्दानी भएका वर्गले प्याज खान छाडे पनि बजारमा प्याज नै नभएको भने हैन । प्याज आयात हुन नसकेको पनि हैन । प्याज आयात भइरहेको छ । तर, केवल भारतबाट आयात हुन सकेको छैन ।

 

कतिपय व्यवसायीहरु यो पनि भन्ने गर्छन् की भारतबाट अवैध रुपमा केही मात्रामा प्याज बोडरमा पाइने गरेका छन् । त्यही प्याज केही मात्रामा काठमाडौंसम्म भित्रिएको छ ।

 

नेपाल प्याजमा पूर्णरुपमा भारतमा परनिर्भर हरेको थियो । नेपालमा भारतबाट ९० प्रतिशत बढी प्याज आयात हुने गरेको थियो । नेपालमा उपभोग हुने १० प्रतिशत नेपालमै उत्पादन हुने अथवा अन्य मुलुकबाट आउने प्याजले धानिरहेका थिए ।

 

हाल आएर नेपालमा एक्कासी हाहाकार मचिँदा चीनले धेरै मात्रमा प्याज निर्यात गरिरहेको छ भने अन्य मुलुकहरुले पनि नेपालमा प्याज निर्यात गर्न सुरु गर्न थालेका छन् ।

 

दक्षिण अफ्रिकी मुलुक नामिबीयाले पनि प्याज पठाउन थालेको हो । नामिबीयाले विगत केही समय यता १२ हजार केजी प्याज पठाएको भन्सार विभागको तथ्यांकले देखाएको छ । नामिबीयाबाट कूल ३ लाख ८७ हजार रुपैयाँ बराबरको प्याज आयात भएको हो ।

 

यस्तै उल्लेखनीय रुपमा नेपालमा प्याज निर्यात गरिरहेको चीनले पछिल्लो समय १ करोड ६० लाख ७२ हजार रुपैयाँ बराबरको प्याज पठाएको छ ।

 

निर्यात प्रतिबन्ध लगाउनु अघि भारतले चालू आवमा १ अर्ब ५३ करोड रुपैयाँ बराबरको प्याज नेपाल पठाएको थियो ।

 

गत आर्थिक वर्ष २०७५/७६ को पहिलो चार महिनामा भारतबाट कूल ४९ अर्ब ३६ करोड रुपैयाँ बराबरको प्याज आयात भएको थियो । विगतमा यस अघि भारत बाहेक कुनै देशबाट प्याज आयात भएको देखिएको छैन ।

बैंक तथा वित्तीय संस्था अनुत्पादक क्षेत्रमा मात्र लगानी गर्न किन हौसिन्छन् Read Previous

बैंक तथा वित्तीय संस्था अनुत्पादक क्षेत्रमा मात्र लगानी गर्न किन हौसिन्छन्

ग्लोबल आइएमई बन्यो सबैभन्दा ठूलो बैंक,  एकीकृत कारोबार शुरु Read Next

ग्लोबल आइएमई बन्यो सबैभन्दा ठूलो बैंक, एकीकृत कारोबार शुरु