इन्भेष्टमेन्ट मेगा बैंकले उपत्यकामा खोल्यो दुई नयाँ शाखा

काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडले काठमाडौं उपत्यकामा दुई नयाँ शाखा संचालनमा ल्याएको छ ।

बैंकले काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ५, थली र भत्तफपुरको भक्तपुर नगरपालिका वडा नं. १०, कमलविनायक नयाँ शाखा सञ्चालनमा ल्याएको हो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डेले नयाँ शाखाहरूको उद्घाटन गरे । उनले नयाँ शाखाहरूबाट ग्राहकलाई उत्कृष्ट बैंकिङ सेवा तथा सुविधाहरू दिने बताए ।

बैंकले हाल देशभरिमा २७० शाखा, ६३ वटा एक्सटेन्सन काउन्टर, ११३ वटा शाखा रहित बैंकिङ र २६४ वटा एटीएम मार्फत सेवा प्रदान गरिरहेको छ ।

कहिलेदेखि चलाउन पाइन्छ देशका ३४ विमानस्थलमा निःशुल्क इन्टरनेट ? Read Previous

कहिलेदेखि चलाउन पाइन्छ देशका ३४ विमानस्थलमा निःशुल्क इन्टरनेट ?

इलाम र बझाङमा वैशाख १५ गते उपनिर्वाचन हुने Read Next

इलाम र बझाङमा वैशाख १५ गते उपनिर्वाचन हुने