काठमाडौं । प्रतिनिधिसभा सदस्य र प्रदेश सभा सदस्यको रिक्त पदमा आगामी वैशाख १५ गते उपनिर्वाचन हुने भएको छ ।
निर्वाचन आयोगको आइतबार बसेको बैठकले २०८१ वैशाख १५ गते उपचुनाव गर्ने निर्णय गरेको हो ।
हाल प्रतिनिधि सभा अन्तर्गत इलाम क्षेत्र नं. २ र प्रदेश सभातर्फ बझाङ क्षेत्र नं. १ मा सांसद पद रिक्त छ । आयोगले सो दुवै क्षेत्रमा एकैदिन चुनाव गर्न लागेको हो ।
इलाम क्षेत्र नं. २ बाट निर्वाचित तत्कालीन प्रतिनिधिसभा सदस्य नेकपा एमालेका नेता सुवासचन्द्र नेम्वाङको २६ भदौमा निधन भएको थियो ।
त्यस्तै बझाङको प्रदेशसभा निर्वाचन क्षेत्र नं १ बाट निर्वाचित प्रदेशसभा सदस्य नेपाली कांग्रेसका पृथ्वीबहादुर सिंहको गत असार २५ गते गाडी दुर्घटनामा निधन भएको थियो ।