बैंकहरुमा निक्षेप ४ अर्बले घट्दा कर्जा प्रवाह ७ अर्बले बढ्यो

काठमाडौं । लामो समयदेखि तरता अभाव झेलीरहेका बैंकहरुले पर्याप्त मात्रमा निक्षेप संकलन गर्न नसक्दा माग बमोजिम कर्जा प्रवाह गर्न सकिरहेका छैनन् ।

 

बैंकहरुको निक्षेप संकलन र कर्जा प्रवाहको अवस्थामा असन्तुलन बढ्दै गएको छ । एक महिना आक्रमक कर्जा विस्तार गरे अर्को महिना संकुचित हुनु पर्ने अवस्था रहेको छन् ।

 

यसले एकातिर बैंकको व्यावसाय विस्तारमा धक्का पुग्नुको साथै नाफामा समेत गिरावट ल्याउँछ भने अर्कोतर्फ सर्वसाधरणले ऋण नपाउने अवस्था आएको छ । जसले समग्र बैंकिङ्ग प्रणालीलाई नै प्रभाव पारेको छ ।

पछिल्लो समय कर्जा विस्तारमा सुस्ताएका बैंकहरु मंसिरको दोस्रोसाता लागेदेखि फेरि आक्रमक रुपमा कर्जा विस्तारमा लागेका छन् । बैंकहरु कर्जा विस्तारमा आक्रमक हुन थालेपछि निक्षेप भने घटेको छ ।

 

मंसिर महिनाको दोस्रो सातामा बैंकिङ प्रणालीबाट  ४ अर्ब निक्षेप घटेको छ । सो अवधमिा बैंकहरुको ७ अर्ब कर्जा प्रवाह गरेका छन् ।

 

मंसिरको पहिलो साता ९ अर्ब निक्षेप उठाएका बैंकहरुले कर्जा विस्तार ठप्पै पारेका थिए । मंसिर महिनाको दुई सातामा ५ अर्ब निक्षेप थपिँदा ७ अर्ब कर्जा प्रवाह गरेका छन्।

 

चालू आर्थिक वर्षको मंसिर १३ गते सम्ममा वाणिज्य बैंकहरुमा कूल निक्षेप २९ खर्ब ७९ अर्ब रुपैयाँ पुगेको छ । यस अवधिमा बैंकहरुले कूल २६ खर्ब ४७ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन ।

 

बैंकहरुले चालू आर्थिक वर्षमा निक्षेप भन्दा ४८ अर्ब धेरै कर्जा प्रवाह गरेका छन । बैंकहरुले साउनदेखि यता १ खर्ब १ अर्ब रुपैयाँ निक्षेप संकलन गरेर १ खर्ब ४९ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।

 

 

आइएमई लाइफको साधारण सभा सम्पन्न, ६० करोडको आइपीओ ल्याउने Read Previous

आइएमई लाइफको साधारण सभा सम्पन्न, ६० करोडको आइपीओ ल्याउने

हरेक तहको सरकारलाई कर तिर्नु पर्ने अवस्थाको अन्त्य गर्नु मेरो प्राथमिकताः शेखर गोल्छाको अन्तर्वार्ता Read Next

हरेक तहको सरकारलाई कर तिर्नु पर्ने अवस्थाको अन्त्य गर्नु मेरो प्राथमिकताः शेखर गोल्छाको अन्तर्वार्ता