
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सको दोस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
कम्पनीको मंसिर १८ गते सम्पन्न सभाले बीमा समितिले तोकेको न्यूनतम चुक्ता पूँजी २ अर्ब कायम गर्न सर्वसाधारणमा सेयर जारी गर्ने प्रस्ताव पारित गरेको छ ।
अब इन्स्योरेन्सले प्रतिकित्ता १ सयका दरले ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता प्राथमिक साधरण सेयर (आइपीओ) निष्काशन गर्ने छ ।
हाल १ अर्ब ४० करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको आइपीओ निष्काशन पछि चुक्ता पूँजी २ अर्ब पुग्नेछ भने संस्थापक साधारण शेयर स्वामित्व अनुपात ७०:३० प्रतिशत कायम हुनेछ।
आइपीओ निष्काशन गर्न कम्पनीले सिभिल क्यापिटललाई शेयर निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरिसकेको छ।