एक्साइडको स्टार र म्याजिक इन्भर्टर नेपाली बजारमा

काठमाडौं । एक्साइड इन्डस्ट्रिजको नेपालस्थित आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ्गले एक्साइडको इन्भर्टर नेपाली बजारमा सार्वजनिक गरेको छ ।

सिप्रदीले एक्साइड स्टार र एक्साइड म्याजिक नामका दुई वटा इन्भर्टर एकैसाथ नेपाली बजारमा ल्याएको हो । एक्साइड स्टारमा एड्भान्स माइक्रोकन्ट्रोलर, लो भोल्टेज अपरेसनका लागि उपयुक्त प्योर साइन वेभ सेप, दुइवटा अप्सनमा चार्ज गर्न सकिने, एलईडी डिस्प्ले इन्टरफेस र अटो स्मार्ट प्रोटेक्सन लगायतका रहेका छन ।

यसैगरी, एक्साइड म्याजिकमा डिजिटल सिग्नल प्रोसेसर, अटो सेन्स इन्टेलिजेन्ट कन्ट्रोल, एक्स्ट्रीमली लो हार्मोनिज, कलरफुल एलईडी इन्टरफेस, दुइवटा अप्सनमा चार्ज गर्न सकिने, अटो स्मार्ट प्रोटेक्सन र नोइजलेस अपरेसन लगायतका विशेषतहरू रहेका छन ।
सिप्रदी टे«डिङका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले एक्साइडका नयाँ इन्भर्टरले आगामी दिनमा नयाँ उचाइ लिने बताए ।

‘विगत लामो समयदेखि पावर व्याकअप सेवा दिँदै आइरहेकोमा नयाँ इन्भर्टरहरूले आगामी दिनमा नयाँ उचाइ र आयाम छुने कुरामा विश्वस्त हुन सम्पूर्ण डिलरहरूलाई आग्रह गर्दछु,’ उनले भने ।

एक्साइड इन्डियाका कार्यकारी उपाध्यक्ष मुकुल कन्डवाल भने, ‘यस एक्साइड स्टार र एक्साइड म्याजिक नेपालमा ल्याउन पाउँदा एकदमै खुसी लागेको छ । यस इन्भर्टरले नेपाली बजारमा पावर व्याकअपको रेञ्ज पुरा भएको छ । जसले ग्राहकको अनुकुलता अनुरुप व्याकअपको परिपूर्ति गर्न मद्दत गर्दछ ।’

 

नेपाल पुनर्बीमा कम्पनीको ३६ लाख कित्ता सेयर लिलामीमा आउँदै, न्यूनतम मूल्य कति ? Read Previous

नेपाल पुनर्बीमा कम्पनीको ३६ लाख कित्ता सेयर लिलामीमा आउँदै, न्यूनतम मूल्य कति ?

चितवनबाट ५४२ किलो गाँजा बरामद, दुई ट्रक नियन्त्रणमा Read Next

चितवनबाट ५४२ किलो गाँजा बरामद, दुई ट्रक नियन्त्रणमा