काठमाडौं । चितवनमा ५४२ किलो गाँजासहित प्रहरीले दुईवटा ट्रकलाई नियन्त्रणमा लिएको छ ।
गए राति पूर्व-पश्चिम महेन्द्र राजमार्गको राप्ती नगरपालिका–३ झुरझुरेबाट ५४२ केजी गाँजा बरामद भएको चितवन प्रहरीले जानकारी दिएको छ ।
इलाका प्रहरी कार्यालय भण्डाराका प्रहरी निरीक्षक श्याममणि पोखरेलको गस्ती टोलीले राजमार्गमा रोकिएका ट्रकलाई शंका लागेर खानतलासी गर्दा गाँजा बरामद भएको हो ।
प्रहरीले ना ३ ख ७२४० र ना ३ ख ६१२२ नम्बरको ट्रकलाई नियन्त्रणमा लिएको छ भने दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा धनकुटाका ३२ वर्षीय रमेशनाथ दाहाल र कपिलवस्तुका २५ वर्षीय खुसीराम थारू रहेका छन् ।