बैंकिङ कसूर तथा सजाय विधेयक स्वीकृत, संशोधन प्रस्ताव दर्ता गर्न ७२ घण्टाको समय

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकले ‘बैंकिङ कसूर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव बहुमतले स्वीकृत भएको छ ।

अर्थमन्त्री डा प्रकाशशरण महतले आजको बैठकमा यस्तो प्रस्ताव पेश गरेका थिए । यो विधेयकमाथि संशोधन प्रस्ताव हाल्न चाहनेले सांसदलाई ७२ घण्टाभित्र प्रतिनिधिसभा विधेयक शाखामा संशोधन प्रस्ताव बुझाउन भनिएको छ ।

बैंकिङ तथा वित्तीय प्रणालीको कारोबारमा हुनसक्ने चेक अनादर जस्ता कसूरजन्य कार्यको अनुसन्धान, अभियोजन र कारबाहीलाई व्यवस्थित तथा प्रभावकारी बनाउन यो ऐन ल्याउन लागिएको हो ।

त्यस्तै, यस्ता कसूरको सजाय र अदालती प्रक्रियालाई थप सरल एवम् पारदर्शी बनाउन कानुनी व्यवस्था गर्न आवश्यक रहेको भन्दै अर्थ मन्त्रालयले गत असोजमा यो विधेयक दर्ता गरेको हो ।

बैंकिङ तथा वित्तीय संस्थामा रकम भएको झुट्टा विवरण पेश गरेर अन्य व्यक्तिलाई धोका दिई ठगी गरी सम्पत्ति खाने जस्ता प्रवृत्ति बढेपछि संशोधित कानुन ल्याउन लागिएको हो ।

फागुन १० गते बिहीबार बिहान ११ बजे बस्नेछ ।

हिमालयन रि र एशियन लाइफको सेयर मूल्य समायोजन, नयाँ मूल्य कति ? Read Previous

हिमालयन रि र एशियन लाइफको सेयर मूल्य समायोजन, नयाँ मूल्य कति ?

मेलम्ची खानेपानीमा भ्रष्टाचार गरेको भन्दै १७ जनाविरूद्ध मुद्दा दायर, झन्डै ७ अर्ब बिगो दाबी Read Next

मेलम्ची खानेपानीमा भ्रष्टाचार गरेको भन्दै १७ जनाविरूद्ध मुद्दा दायर, झन्डै ७ अर्ब बिगो दाबी