काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत दुई कम्पनीको सेयर मूल्य समायोजन भएको छ । नेप्सले आइतबार हिमालन रि इन्स्योरेन्स र एशियन लाइफ इन्स्योरेन्सको सेयर मूल्य समायोजन गरेको हो ।
दुवै कम्पनीले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट घोषणा गरेको लाभांश प्रयोजनार्थ बुकक्लोज गरेसँगै नेप्सेले मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।
हिमालयन रिले गत आवको नाफाबाट वितरण गर्ने ४ प्रतिशत बोनस सेयरका आधारमा नेप्सेले सेयर मूल्य समायोजन भएकाे हो । नेप्सेका अनुसार समायोजनपछि हिमालयनको नयाँ सेयर मूल्य ६२०.२९ रुपैयाँ कायम भएको छ ।
त्यस्तै, एशियन लाइफको ७.७५ प्रतिशत बोनस सेयरका आधारमा मूल्य समायोजन भएको हो । समायोजनपछि एशियनको नयाँ मूल्य प्रतिकित्ता ६१६.८० रुपैयाँ कायम भएको छ ।
अब यही समायोजित मूल्यका आधारमा सोमबार दोस्रो बजारमा दुवै कम्पनीको सेयर कारोबार खुल्नेछ।