कर्जा असुली तथा सम्पत्तिको गुणस्तरमा उत्कृष्ट रहको एनआइसी एशियाको दाबी

काठमाडौं । एनआइसी एशिया बैंकले कर्जा असुली तथा सम्पत्तिको गुणस्तरमा आफू उत्कृष्ट रहेको दाबी गरेको छ ।

पछिल्लो समय बैंकको कर्जा बारे संचारमाध्यमा आइरहेको समाचारप्रति गम्भीर आपत्ति जनाउँदै एनआइसीले आफ्नो व्यवसायमा कुनै समस्या नरहेको स्पष्ट पारेको हो ।

‘बैंकको संस्थागत सुशासन, कर्जाको गुणस्तर, कर्जा असुलीको अवस्था लगायत सञ्चालक समिति तथा उच्च व्यवस्थापनसँग सम्बन्धित विषयमा प्रकाशित समाचारहरू पूर्णरुपमा कपोकल्पित तथा असत्य रहेको व्यहोरा स्पष्ट पार्दछौं,’ बैंकद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।

बैंकका मुख्य सूचकांकहरू (सञ्चालन मुनाफा, खुद मुनाफा, प्रति शेयर आम्दानी, स्वःपूँजीमा प्रतिफल, निष्क्रिय कर्जा अनुपात लगायत) मा वाणिज्य बैंकहरूमध्ये उत्कृष्ट मध्येमा पर्दै आएको बैंकले जानकारी गराएको छ ।

कर्जा असुली तथा सम्पत्तिको गुणस्तर सम्बन्धमा यस बैंकको अवस्था अत्यन्त उत्कृष्ट रहेको एवम् बैंक प्रत्येक आर्थिक वर्षको प्रत्येक त्रैमासमा कर्जा असुलीका समग्र परिसूचकहरूमा सर्वोत्कृष्ट हुँदै आएको बैंकको दाबी छ ।

संस्थागत सुशासन, नियमनकारी व्यवस्थाहरूको परिपालना, कर्जाको गुणस्तर तथा कर्जा असुलीको अवस्था, सञ्चालक समिति तथा बैंक व्यवस्थापनको कार्यकुशलता लगायत हरेक पक्षबाट हेर्दा एनआइसी सबै सरोकारवालाको पहिलो रोजाइमा परेको बैंकको भनाइ छ ।

बैंक भित्र सञ्चालक समिति, उच्च व्यवस्थापन लगायत कुनै पनि तहमा कुनै पनि किसिमको असझदारी नरहेको र सधैं एकताबद्ध, दृढ, एवम् रुपान्तरणकारी हिसाबले कर्मले अहोरात्र खटिरहेको बैंकले जनाएको छ ।

 

नेप्सेमा दुई हाइड्रोपावरको बोनस सेयर सूचीकृत Read Previous

नेप्सेमा दुई हाइड्रोपावरको बोनस सेयर सूचीकृत

युनाइटेड इदी मार्दीको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन Read Next

युनाइटेड इदी मार्दीको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन