काठमाडौं । युनाइटेड इदी मार्दी एण्ड आरबी हाइड्रोपावरले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट घोषणा गरेको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।
कम्पनीले साधरण सभा तथा लाभांश प्रयोजनका लागि भोलि (फागुन ४ गते) बुकक्लोज मिति तोकेको छ । सो अनुसार आजसम्म कायम रहने सेयरधनीले प्रस्तावित लाभांश पाउने छन् ।
कम्पनीले गत वर्षको नाफाबाट ५.५० प्रतिशत बोनस सेयर र कर तिर्न ०.२८९ प्रतिशत नगद गरी कुल ५.७८९ प्रतिशत लाभांश घोषणा गरेको छ ।
कम्पनीले उक्त लाभांश पारित गर्न फागुन १७ गते वार्षिक साधरण सभा बोलाएको छ । कम्पनीको सभा आभ्या क्लब, घारीपाटन, पोखरा, कास्कीमा बिहान ११ बजे सुरु हुनेछ ।