फागुन १३ देखि आइपीओ बिक्री गर्दै सर्वोत्तम सिमेन्ट, भर्न कम्तीमा १८ हजार चाहिने

काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले फागुन १३ गतेदेखि प्राथमिक साधरण सेयर (आइपीओ) बिक्री गर्ने भएको छ ।

कम्पनीले संस्थागत लगानीकर्ता, वैदेशिक रोजगारीमा रहेका नेपाली र उद्योग तथा खानी उत्खनन् प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि सेयर जारी गरिसकेपछि अन्तिम चरणमा सर्वसाधरणका लागि आइपीओ बिक्री गर्न लागेको हो ।

कम्पनीले सर्वसाधरणका लागि अंकित मूल्य १०० रुपैयाँमा २६०.९० रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता ३६०.९० रुपैयाँ दरले २७ लाख ७६ हजार ७६ कित्ता सेयर बिक्री गर्ने भएको हो ।

लगानीकर्ताले न्यूनतम ५० कित्तादेखि अधिकतममा १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। कम्पनीको आइपीओमा आवेदन दिन कम्तीम १८ हजार ४५ रुपैयाँ चाहिन्छ । कम्पनीको आइपीओमा फागुन १६ गतेसम्म आवेदन दिन पाइने छ । सो अवधिमा सबै सेयर बिक्री नभएमा ढिलोमा फागुन २७ गतेसम्म आवेदन दिन पाइने छ ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी आस्बा अनुमति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्था, तिनका शाखा कार्यालयहरुका साथै मेरोसेयरमार्फ अनलाइन आवेदन दिन सक्नेछन् ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहेको छ भने सह निष्काशन तथा बिक्री प्रबन्धकमा एनआइएमबी एस क्यापिटल र प्रभु क्यापिटल रहेको छ।

सेयर निष्काशनका लागि गराएको रेटिङमा इक्रा नेपालले कम्पनीलाई ‘इक्राएनपी इस्यूअर त्रिपल बी’ रेटिङ दिएको छ । यसले कम्पनीको समयमा नै वित्तीय दायित्व बहन गर्न क्षमता मध्यम स्तरको रहेको जनाउँदछ ।

कम्पनीको उद्योग नवलपरासीको सुनवल नगरपालिका–११, जोडेनीमा रहेको छ । उद्योगले २०७१ फागुन १ गतेदेखि सिमेन्ट तथा क्लिंकर उत्पादन गर्दै आइरहेको छ । सो उद्योगको उत्पादन क्षमता प्रतिदिन ३ हजार टन क्लिंकर र ३ हजार टन सिमेन्ट रहेको छ।

 

युनाइटेड इदी मार्दीको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन Read Previous

युनाइटेड इदी मार्दीको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन

अब १० मेगावाटसम्मका आयोजनाको पीपीए सधैं खुला, २५% क्षमता बढाए पनि बिजुली किन्ने Read Next

अब १० मेगावाटसम्मका आयोजनाको पीपीए सधैं खुला, २५% क्षमता बढाए पनि बिजुली किन्ने