नेप्सेमा दुई हाइड्रोपावरको बोनस सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्स)मा दुई हाइड्रोपावर कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । बुधबार नेप्सेमा चिलिमे हाइड्रोपावर र सानिमा माइ हाइड्रोपावरको बोनस सेयर सूचीकृत भएको हो ।

दुवै कम्पनीले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट वितरण गरेको बोनस सेयर सूचीकृत गरेका हुन् । नेप्सेमा अनुसार चिलिमेको १० प्रतिशत अर्थात् ७२ लाख ५८ हजार १८० कित्ता बोनस सेयर सूचीकृत भएको छ ।

त्यसैगरी, सानिमा माइको पनि १० प्रतिशत अर्थात ३० लाख ८९ हजार २५१ कित्ता बोनस सेयर सूचीकृत भएको नेप्सले जनाएको छ ।

नेप्सेमा सूचीकृत दुवैै कम्पनीको बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा जम्मा भएपछि मात्र दोस्रो बजारमा खरिदबिक्री गर्न सक्नेछन् ।

ट्रयाक खुलेको २९ वर्षपछि कालोपत्र गरिँदै मुस्ताङ-नवलपुर जोड्ने छोटो दूरीको सडक Read Previous

ट्रयाक खुलेको २९ वर्षपछि कालोपत्र गरिँदै मुस्ताङ-नवलपुर जोड्ने छोटो दूरीको सडक

कर्जा असुली तथा सम्पत्तिको गुणस्तरमा उत्कृष्ट रहको एनआइसी एशियाको दाबी Read Next

कर्जा असुली तथा सम्पत्तिको गुणस्तरमा उत्कृष्ट रहको एनआइसी एशियाको दाबी