सन् २०२३ मा रूसको वैदेशिक व्यापार आधाभन्दा धेरै घट्यो

मस्को । रुसको वैदेशिक व्यापार बचत सन् २०२३ मा वार्षिक ५८.५ प्रतिशतले घटेर १४० अर्ब अमेरिकी डलर पुगेको छ ।

सोमबार सार्वजनिक गरिएको रूसको संघीय भन्सार सेवाको तथ्याङ्कले देशको कुल निर्यात २८.३ प्रतिशतले घटेर ४२५.१ अर्ब डलर पुगेको देखाएको छ भने आयात ११.७ प्रतिशतले बढेर २८५.१ अर्ब डलर पुगेको छ।

गत वर्ष रुसको युरोपेली देशहरूमा निर्यात ६८ प्रतिशतले घटेर ८४.९ अर्ब डलरमा पुगेको थियो भने आयात १२.३ प्रतिशतले घटेर ७८.५ अर्ब डलरमा झरेको थियो।

यसैबीच एसियाली देशहरूमा रुसी निर्यात ५.६ प्रतिशतले बढेर ३०६.६ अर्ब डलर पुगेको छ भने आयात २९.२ प्रतिशतले बढेर १८७.५ अर्ब डलर पुगेको छ ।

तथ्याङ्कले अफ्रिकी देशहरूसँगको व्यापारमा वृद्धि भएको देखाएको छ, निर्यात ४२.९ प्रतिशत र आयात ८.६ प्रतिशतले बढेको छ।

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको खुद नाफा दोब्बरले बढ्यो, रिटेन्ड अर्निङमा ७७ करोड Read Previous

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको खुद नाफा दोब्बरले बढ्यो, रिटेन्ड अर्निङमा ७७ करोड

नीतिगत सुधारपछि लयमा फर्कियो घरजग्गा कारोबार, माघमा ८ महिना यताकै धेरै किनबेच Read Next

नीतिगत सुधारपछि लयमा फर्कियो घरजग्गा कारोबार, माघमा ८ महिना यताकै धेरै किनबेच