सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको खुद नाफा दोब्बरले बढ्यो, रिटेन्ड अर्निङमा ७७ करोड

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको खुद नाफामा उछाल आएको छ । कम्पनीले मंगलबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार खुद नाफा ११७.३४ प्रतिशतले बढेको हो ।

कम्पनीले चालु आवको पुस मसान्तसम्म ३६ करोड ९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको सोही अवधिको तुलनामा १९ करोड ४९ लाख रुपैयाँ धेरै हो । गत वर्ष दोस्रो त्रैमाससम्म कम्पनीले १६ करोड ६० लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

समीक्षा अवधिमा लगानी तथा कर्जाबाट हुने आम्दानी बढेसँगै कम्पनीको खुद नाफामा सुधार आएको हो ।

समीक्षा अवधिमा कर्जा तथा लगानीबाट हुने आम्दानी १०६.९३ प्रतिशतले बढेर३५ करोड ९३ लाख ४५ हजार रुपैयाँ पुगेको छ । गत वर्ष यही अवधिमा कम्पनीको यस्तो आम्दानी १७ करोड ३६ लाख रुपैयाँ मात्र थियो ।

यस्तै, कम्पनीको खुद बीमा शुल्क १६४.०६ प्रतिशतले बढेको छ । पुससम्म कम्पनीले ७९ करोड २५ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको छ ।

हाल २ अर्ब ८० करोड ६५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको रिटेन्ड अर्निङमा ७६ करोड ८८ लाख रुपैयाँ संचित छ ।

खुद नाफा बढेसँगै कम्पनीको प्रतिसेयर आम्दानीमा पनि सुधार आएको छ । समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी २.०४ रुपैयाँ बढेर २५.७२ रुपैयाँ पुगेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ २६४.३६ रुपैयाँ छ ।

मुग्लिन-पोखरा सडक विस्तार गर्न दमौली बजारका ७४ घर भत्काइँदै Read Previous

मुग्लिन-पोखरा सडक विस्तार गर्न दमौली बजारका ७४ घर भत्काइँदै

सन् २०२३ मा रूसको वैदेशिक व्यापार आधाभन्दा धेरै घट्यो Read Next

सन् २०२३ मा रूसको वैदेशिक व्यापार आधाभन्दा धेरै घट्यो