साढे ३३ किलो सुन प्रकरणमा मुछिएको आरके ज्वेलर्स सञ्चालन गर्न बाटो खुल्यो

काठमाडौं । सर्वोच्च अदालतले साढे ३३ किलो सुन तस्करी प्रकरणबारे अनुसन्धान गर्न गठित उच्चस्तरीय छानविन समितिले शिलबन्दी खुला गरी आरके ज्वेलर्स सञ्चालनका लागि बाटो खुला गरेको छ।

 

बुधबार न्यायाधीशद्वय सपना प्रधान मल्ल र डम्बरबहादुर शाहीको संयुक्त इजलासले काठमाण्डौको न्यूरोड र दरबारमार्गमा रहेको आरके ज्वेलर्समा लगाएको शिलबन्दी हटाएर पसल सञ्चालन गर्न आदेश जारी गरेको हो।

 

समितिको टोलीले २०७५ जेठ २८ गते सो ज्वेलर्समा छापा मारेर शिलबन्दी गरेको थियो। तस्करी गरेको सुन बिक्री गरेको भन्दै साढे ३३ किलो सुन तस्करी प्रकरणमा २०७४ चैत ३० गते ज्वेलर्सका सञ्चालकलाई अनुसन्धानका लागि पक्राउ गरिएको थियो।

 

सुनका मुख्य लगानीकर्ता मोहनकुमार अग्रवालको घरमा छापा मारेपछि सनम शाक्यको संलग्नतासमेत खुलेको थियो। अग्रवालको घरमा छापा मारेर ३० लाख नगद, दुई किलो चाँदी र १० तोला सुन बरामद भएको थियो।रासस

जनता बैंकका ग्राहकले नयाँ खाता नम्बर लिनुपर्ने, चेक र एटीएम पुरानै चल्ने Read Previous

जनता बैंकका ग्राहकले नयाँ खाता नम्बर लिनुपर्ने, चेक र एटीएम पुरानै चल्ने

ज्योति विकास बैंकले गर्‍यो लाभांश घोषणा Read Next

ज्योति विकास बैंकले गर्‍यो लाभांश घोषणा