जनता बैंकका ग्राहकले नयाँ खाता नम्बर लिनुपर्ने, चेक र एटीएम पुरानै चल्ने

काठमाडौं । ग्लोबल आईएमई बैंकसँग मर्ज भई हुक्रबारदेखि एकीकृत कारोबार सुरु गर्न लागेको जनता बैंकले आफ्ना ग्राहकहरुलाई नयाँ खाता नम्बर लिन अनुरोध गरेको छ।

 

बैंकले सूचना जारी गर्दै एकीकृत कारोबार पछि हाल कायम रहेको खाता नम्बर परिवर्तन हुने भएकोले ग्लोबल आइएमई बैंकको आफूलाई पायक पर्ने शाखा कार्यालयमा गएर नयाँ खाता नम्बर लिन अनुरोध गरेको छ ।

 

खाता नम्बर परिवर्तन भएपनि साविक जनता बैंकबाट जारी भएका चेक तथा एटीएम कार्डहरु भने अवधि समाप्त नभएसम्म प्रयोग जर्न सकिने बैंकले जनाएको छ ।

 

 

साथै इन्टरनेट बैंकिङ्ग र मोबाइल बैंकिङ्गहरुमा साविककै युजरनेम र पासवर्ड प्रयोग गरी ग्लोबलको इन्टरनेट तथा मोबाइल एपबाट चलाउन सक्ने बैंकले जनाएको छ।

सहकारीलाई फोर्स मर्जरमा लगिँदै, साढे १८ सयबाट घटाएर ७ सयमा झारिने Read Previous

सहकारीलाई फोर्स मर्जरमा लगिँदै, साढे १८ सयबाट घटाएर ७ सयमा झारिने

साढे ३३ किलो सुन प्रकरणमा मुछिएको आरके ज्वेलर्स सञ्चालन गर्न बाटो खुल्यो Read Next

साढे ३३ किलो सुन प्रकरणमा मुछिएको आरके ज्वेलर्स सञ्चालन गर्न बाटो खुल्यो