राष्ट्र बैंकले खारेज गर्‍यो ५ मनिचेञ्जर कम्पनीको लाइसेन्स

काठमाडौं । नेपाल राष्ट्र बैंकले ५ वटा मनिचेञ्जर कम्पनीको इजाजत पत्र (लाइसेन्स) खारेज गरेको छ । तोकिएको समयमै इजाजत नवीकरण नगर्ने ५ कम्पनीको लाइसेन्स खारेज गरेको हो ।

मनिचेञ्जर इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७ (चौथो संशोधनसहित) को विनियम १९ को उप–विनियम (३) बमोजिम ती कम्पनीको लाइसेन्स खारेज गरिएको राष्ट्र बैंकले जनाएको छ ।

लाइसेन्स खारेज हुने कम्पनीहरूमा फेयर मनि एक्सचेञ्ज प्रालि, (वसन्तपुर, काठमाडौं), न्यातपोल मनि एक्सचेञ्ज प्रालि (तौमढी, भक्तपुर), कैलाश मनि एक्सचेञ्ज प्रालि (क्षेत्रपाटी, काठमाडौं), ग्रेस मनि एक्सचेञ्ज प्रालि (टिमुरे गोसाइँकुण्ड, रसुवा) र रुट नेपाल मनि एक्सचेञ्ज प्रालि (लालदरबार, काठमाडौँ) रहेका छन् ।

नागरिक लगानी कोष र सानिगाड हाइड्रो बीच सेयर प्रत्याभूति सम्झौता Read Previous

नागरिक लगानी कोष र सानिगाड हाइड्रो बीच सेयर प्रत्याभूति सम्झौता

नेप्से फेरि २१०० विन्दु माथि उक्लियो, यी ५ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट Read Next

नेप्से फेरि २१०० विन्दु माथि उक्लियो, यी ५ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट