काठमाडौं । सेयर बजारमा दोहोरो अंकको वृद्धि भएको छ । आइतबार १० अंकले घटेको नेप्से आज १५ अंकले फर्केको हो ।
सूचकमा सुधार आए पनि कारोबार रकम भने घटेको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम ५० करोड रुपैयाँ घटेर ३ अर्ब ५८ करोड रुपैयाँमा सीमित भएको छ ।
सोमबार नेप्से परिसूचक १५.३३ अंकले बढेर २१०१.१६ विन्दुमा पुगेको छ । यसदिन ३१४ कम्पनीको १ करोड १ लाख ८ हजार १२२ कित्ता सेयर किनबेच भएको छ ।
आज कारोबारमा आएका १३ वटा उपसमूहमध्ये अन्य बाहेक अरु सबैको परिसूचक बढेको छ । उत्पादनमूलक समूहको परिसूचक सर्वाधिक २.२२ प्रतिशतले बढेको छ ।
आज पनि हिमालयन रि-इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । यसको २३ करोड २ लाख रुपैयाँको ३ लाख ३१ हजार ५२५ कित्ता सेयर किनबेच भएको छ ।
बढ्दो बजारमा आज ५ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । समाज लघुवित्त र बुद्धभूमि नेपालको सेयर मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ ।
त्यसैगरी, कुथेली बुखरी स्मल हाइड्रोपावर, चिरख्वा हाइड्रोपावर र बलेफी हाइड्रोपावरका सेयरधनीले पनि करिब १० प्रतिशत कमाएका छन् ।