नागरिक लगानी कोष र सानिगाड हाइड्रो बीच सेयर प्रत्याभूति सम्झौता

काठमाडौं । नागरिक लगानी कोष र सानिगाड हाइड्रो लिमिटेड बीच सेयर प्रत्याभूति गर्ने सम्बन्धी सम्झौता भएको छ ।

सम्झौतामा कोषको कार्यकारी निर्देशक पर्वत कुमार कार्की र सानिगाडका प्रबन्ध निर्देशक राजेश कुमार श्रेष्ठले हस्ताक्षर गरे ।

सानिगाडको प्रतिसेयर १०० रुपैयाँले ८५ लाख ५० हजार कित्ता सेयर बापत ८५ करोड ५० लाख सेयर मूल्य बराबरको प्रत्याभूति कोषले गर्नेछ ।

सम्झौता भएको मितिले कम्पनीले ६ महिनाभित्र सेयर निष्कासन गरिसक्नुपर्ने छ । ६ महिनाभित्र सेयर निष्कासन नभएमा सम्झौता स्वतः अन्त्य हुनेछ ।

 

 

मुग्लिन-पोखरा सडक : पोखरा खण्डमा पनि कालोपत्र सुरू Read Previous

मुग्लिन-पोखरा सडक : पोखरा खण्डमा पनि कालोपत्र सुरू

राष्ट्र बैंकले खारेज गर्‍यो ५ मनिचेञ्जर कम्पनीको लाइसेन्स Read Next

राष्ट्र बैंकले खारेज गर्‍यो ५ मनिचेञ्जर कम्पनीको लाइसेन्स