काठमाडौं । नेपाल इन्स्योरेन्सको खुद नाफामा सुधार आएको छ । कम्पनीले सोमबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार खुद नाफा १५.९७ प्रतिशतले बढेको हो ।
कम्पनीले चालु आवको पुस मसान्तसम्म २० करोड ८ लाखरुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको सोही अवधिको तुलनामा २ करोड ७८ लाख रुपैयाँ धेरै हो । गत वर्ष दोस्रो त्रैमाससम्म कम्पनीले १७ करोड ३१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
समीक्षा अवधिमा लगानी तथा कर्जाबाट हुने आम्दानी बढेसँगै कम्पनीको खुद नाफामा सुधार आएको हो ।
समीक्षा अवधिमा कर्जा तथा लगानीबाट हुने आम्दानी १७.०७ प्रतिशतले बढेर २० करोड ६३ लाख ५० हजार रुपैयाँ पुगेको छ । गत वर्ष यही अवधिमा कम्पनीको यस्तो आम्दानी १७ करोड ६२ लाख रुपैयाँ मात्र थियो ।
यस्तै, कम्पनीको खुद बीमा शुल्क ४.३२ प्रतिशतले बढेको छ । पुससम्म कम्पनीले ७९ करोड ५९ लाख ३९ हजार रुपैयाँ बीमा शुल्क संकलन गरेको छ ।
हाल २ अर्ब ६२ करोड २६ लाख रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको रिटेन्ड अर्निङमा २५ करोड ६५ लाख रुपैयाँ संचित छ ।
खुद नाफा बढे पनि कम्पनीको प्रतिसेयर आम्दानी भने घटेको छ । समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ७.७९ रुपैयाँ घटेर १५.३२ रुपैयाँमा सीमित भएको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ २३२.४५ रुपैयाँ छ ।