यातायात विभागका महानिर्देशकलाई ‘कालोमोसो’ दलियो

काठमाडौं । यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालमाथि दुर्व्यवहार भएको छ ।

मोहन वैद्य निकट क्रान्तिकारी युवा संगठनले लाइसेन्स घोटालामा संलग्न भएको भन्दै सोमबार उनलाई मसी छ्यापेर दुर्व्यवहार गरेको हो ।

उनलाई युवा संगठनले कार्यालय परिसर मीनभवनमा पुगेर अनुहारमा मसी छ्यापेको जनाइएको छ । संगठनले रिजाल माथि नक्कली लाइसेन्स छानबिन प्रतिवेदन सार्वजनिक नगरेको, विभागको कम्प्युटर सिस्टममा प्रत्यक्ष संलग्न रहेको, नक्कली लाइसेन्स बाँड्ने प्रक्रियामा संलग्न रहेको लगायत आरोप लगाएका छन् ।

रिजालले यातायात विभागमा कार्यभार सम्हालेको करिब तीन महिना मात्रै पुगेको छ ।

केही समय अघि सरकारी अध्ययन समितिले तयार पारेको प्रतिवेदन अनुसार देशभरका विभिन्न यातायात कार्यालयबाट १ लाख बढी नक्कली लाइसेन्स जारी गरिएको भेटिएको थियो ।

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको खुद नाफा ३ करोड बढ्यो, रिटेन्ड अर्निङमा साढे २५ करोड Read Previous

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको खुद नाफा ३ करोड बढ्यो, रिटेन्ड अर्निङमा साढे २५ करोड

नेप्सेमा गरिमा विकास बैंकको बोनस सेयर सूचीकृत Read Next

नेप्सेमा गरिमा विकास बैंकको बोनस सेयर सूचीकृत