नेप्सेमा गरिमा विकास बैंकको बोनस सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा गरिमा विकास बैंकको बोनस सेयर सूचीकृत भएको छ ।

नेप्सेमा सोमबार बैंकले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट वितरण गरेको बोनस सेयर सूचीकृत भएको हो ।

नेप्सेमा बैंकको ९.५ प्रतिशत अर्थात् ४९ लाख २८ हजार ३०२.७१ कित्ता बोनस सेयर सूचीकृत भएको छ ।

सूचीकृत बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा जम्मा भएपछि मात्र दोस्रो बजारमा खरिदबिक्री गर्न सक्नेछन् ।

यातायात विभागका महानिर्देशकलाई 'कालोमोसो' दलियो Read Previous

यातायात विभागका महानिर्देशकलाई 'कालोमोसो' दलियो

मुग्लिन-पोखरा सडक : पोखरा खण्डमा पनि कालोपत्र सुरू Read Next

मुग्लिन-पोखरा सडक : पोखरा खण्डमा पनि कालोपत्र सुरू