काठमाडौं । नेपाल इन्स्योरेन्सको खुद नाफामा उछाल आएको छ । कम्पनीले सोमबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार खुद नाफा २३२.३४५ प्रतिशतले बढेको हो ।
कम्पनीले चालु आवको पुस मसान्तसम्म ४९ करोड ७७ लाख ९७ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको सोही अवधिको तुलनामा ३४ करोड ९९ लाख रुपैयाँ धेरै हो । गत वर्ष दोस्रो त्रैमाससम्म कम्पनीले १४ करोड ९७ लाख ८७ हजार रुपैयाँ मात्रै खुद नाफा कमाएको थियो ।
समीक्षा अवधिमा लगानी तथा कर्जाबाट हुन आम्दानी ह्वात्तै बढ्दा कम्पनीको खुद नाफामा उछाल आएको हो ।
समीक्षा अवधिमा कर्जा तथा लगानीबाट हुने आम्दानी ३४६.४५ प्रतिशतले बढेर ७१ करोड ४३ लाख ५३ हजार रुपैयाँ पुगेको छ । गत वर्ष यही अवधिमा कम्पनीको यस्तो आम्दानी १६ करोड रुपैयाँ मात्र थियो ।
यस्तै, कम्पनीको खुद बीमा शुल्क ५.९५ प्रतिशतले बढेको छ । पुससम्म कम्पनीले २९ करोड ६७ लाख ४४ हजार रुपैयाँ बीमा शुल्क संकलन गरेको छ ।
हाल १ अर्ब ६४ करोड ४२ लाख ४१ हजार रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको रिटेन्ड अर्निङमा २२ करोड ३२ लाख रुपैयाँ संचित छ ।
खुद नाफामा उछाल आएसँगै कम्पनीको प्रतिसेयर आम्दानी पनि तीन गुणाले बढेको छ । समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी २०.०४ रुपैयाँबाट बढेर ६०.६५ रुपैयाँ पुगेका छ । कम्पनीको प्रतिसेयर नेटवर्थ २०६.१४ रुपैयाँ छ ।