सोनापुर मिनरल्स पौने १५ करोड घाटामा, प्रतिसेयर आम्दानी ऋणात्मक

काठमाडौं । सोनापुर मिनरल्स एण्ड आयल लिमिटेड नोक्सानीमा गएको छ ।

कम्पनीले सोमबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार १४ करोड ७८ लाख रुपैयाँ घाटामा रहेको हो ।

जबकि सोनापुर गत वर्षको सोही अवधिमा २ करोड ६२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । आर्थिक मन्दीका कारण कम्पनीको आम्दानी घटेसँगै नोक्सानीमा गएको हो ।

समीक्षा अवधिमा कम्पनीको संचालन आम्दानी ५९.२१ प्रतिशतले घटेर ७० करोड ५६ लाख रुपैयाँमा सीमित भएको छ । गत वर्ष पुससम्म कम्पनीको यस्तो आम्दानी १ अर्ब ७३ करोड रुपैयाँ थियो ।

यस्तै, समीक्षा अवधिमा कम्पनीको संचालन नाफा १ करोड १४ लाख रुपैयाँ ऋणात्मक छ ।

हाल ३ अर्ब ७ करोड ५० लाख रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको जगेडा कोषमा २ अर्ब ३० करोड ५७ लाख रुपैयाँ सचित छ।

घाटामा गएसँगै कम्पनीको प्रतिसेयर आम्दानी पनि ऋणात्मक भएको छ । गत वर्ष २.८५ रुपैयाँ रहेको कम्पनीको प्रतिसेयर आम्दानी समीक्षा अवधिमा ९.६२ रुपैयाँ ऋणात्मक छ ।

यस अवधिमा प्रतिशेयर नेटवर्थ १७४.९८ रुपैयाँ छ ।

 

वाणिज्य बैंकहरूले फागुनमा पनि घटाए ब्याजदर, कुनले कति ? Read Previous

वाणिज्य बैंकहरूले फागुनमा पनि घटाए ब्याजदर, कुनले कति ?

चन्द्रागिरि हिल्सको नाफा बढ्यो, रिटेन्ड अर्निङ भने पौने १७ करोड ऋणात्मक Read Next

चन्द्रागिरि हिल्सको नाफा बढ्यो, रिटेन्ड अर्निङ भने पौने १७ करोड ऋणात्मक