६ महिनामा साढे ३ लाखले लिए श्रम स्वीकृति, अघिल्लो वर्षको तुलनामा घटे

काठमाडौं । चालु आर्थिक वर्षको पुससम्म श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाने नेपालीको सङ्ख्या ३ लाख ४३ हजार पुगेको छ । वैदेशिक रोजगार विभागका अनुसार गत आवको सोही अवधिको तुलनामा यो ७१ हजारले कम हो ।

विभागका सूचना अधिकारी तथा निर्देशक कविराज उप्रेतीका अनुसार गत आवको सोही अवधिमा ४ लाख १४ हजार जनाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका थिए ।

पुस महिनामा मात्रै ६५ हजार ८१३ जना नेपालीले वैदेशिक रोजगारीमा जान विभागबाट श्रम स्वीकृति लिएको उनले जानकारी दिए । यो सङ्ख्या नयाँ श्रम स्वीकृति लिने र नवीकरण गर्ने दुवैको हो ।

चालु आवको पहिलो छ महिनामा वैदेशिक रोजगारीमा जानेको सङ्ख्या घटेको देखिए पनि साउन, भदौको तुलनामा मङ्सिर र पुसमा भने बढेको विभागको भनाइ छ ।

अझै सेयर किन्दा पाइन्छ यी ५ कम्पनीको लाभांश, कुनको कति ? Read Previous

अझै सेयर किन्दा पाइन्छ यी ५ कम्पनीको लाभांश, कुनको कति ?

नेशनल हाइड्रोले ६२ करोडमा सकारेको तल्लो इन्द्रावती जलविद्युत्को निर्माण पुनः सुरू Read Next

नेशनल हाइड्रोले ६२ करोडमा सकारेको तल्लो इन्द्रावती जलविद्युत्को निर्माण पुनः सुरू