नेशनल हाइड्रोले ६२ करोडमा सकारेको तल्लो इन्द्रावती जलविद्युत्को निर्माण पुनः सुरू

सिन्धुपाल्चोक । लामो समयदेखि अलपत्र परेको सिन्धुपाल्चोकको तल्लो इन्द्रावती जलविद्युत् आयोजनाको निर्माण पुनः सुरु भएको छ । २०६७ सालदेखि निर्माण बन्द भएर खारेज भएको आयोजनालाई सरकारले गरेको लिलामीमा नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडले पाएको थियो ।

नेशनल हाइड्रोले बत्ती उत्पादनपश्चात् सरकारलाई रु ६२ करोड तिर्ने गरी आयोजना सकारेपछि निर्माणको काम थालिएको हो । ४.५ मेगावाट क्षमताको आयोजनाको तीन किलोमिटर सुरुङमध्ये दुई हजार चार सय मिटर सुरुङ यसअघि नै निर्माण सम्पन्न भइसकेको छ ।

विसं २०८२ सालभित्र निर्माण सम्पन्न गरी उत्पादन गर्ने लक्ष्य लिएर सोमबार एक औपचारिक कार्यक्रमको आयोजना गरी सुरुङमा विस्फोटक पदार्थ पड्काएर कामको पुनः सुरुआत गरिएको नेसनल हाइड्रो पावर कम्पनी लिमिटेडका अध्यक्ष कुमार पाण्डेले जानकारी दिए ।

कार्यक्रममा मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले आयोजना निमाणका लागि स्थानीय तहले गर्नुपर्ने आवश्यक सहयोगका लागि सधैँ तत्पर रहेको जनाउँदै सहज ढङ्गले आयोजनाको काम सम्पन्न गर्न सहकार्य गर्ने बताए।

यस्तै उपप्रमुख उमा प्रधानले आयोजनाले स्थानीयको जीवन स्तरमा सकारात्मक परिवर्तन गर्न महत्वपूर्ण भूमिका खेल्ने र राजगारीको अवसर सृजना हुँदा युवा विदेशिने क्रमलाई केही हदसम्म रोक्ने बताए ।

आयोजनाबाट मेलम्ची नगरपालिका–७, ८, ९, १० र ११ का प्रत्यक्ष प्रभावित हुने कम्पनीले जनाएको छ । जलविद्युत् आयोजना निर्माणका लागि प्रतिमेगावाट २५ करोड खर्च अनुमान गरेको कम्पनीले प्रारम्भिक वातावरणीय प्रभाव मूल्याङ्कन गरी सार्वजनिक सुनुवाइ कार्यक्रम यसअघि नै सम्पन्न गरिसकेको छ ।

६ महिनामा साढे ३ लाखले लिए श्रम स्वीकृति, अघिल्लो वर्षको तुलनामा घटे Read Previous

६ महिनामा साढे ३ लाखले लिए श्रम स्वीकृति, अघिल्लो वर्षको तुलनामा घटे

न्युरोड जाने २२०० मोटरसाइकल र ३०० गाडीलाई पार्किङ निःशुल्क, कुन ठाउँमा कति ?  Read Next

न्युरोड जाने २२०० मोटरसाइकल र ३०० गाडीलाई पार्किङ निःशुल्क, कुन ठाउँमा कति ?