अझै सेयर किन्दा पाइन्छ यी ५ कम्पनीको लाभांश, कुनको कति ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्स)मा सूचीकृत अधिकांश कम्पनीले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट लाभांश घोषणा गरिसकेका छन् ।

यस वर्ष सूचीकृत कम्पनीमध्ये लाभांश दिनेभन्दा नदिने धेरै रहेका छन् । लाभांश घोषाणा गरेको अधिकांशले साधरणसभाबाट पारित समेत गरिसकेका छन् भने केहीले घोषणा गर्नै बाँकी छ ।

कानुनी व्यवस्था अनुसार आर्थिक वर्ष सकिएको ६ महिना अर्थात् पुस मसान्तभित्र साधरण सभा गरिसक्नु पर्ने भए पनि कम्पनीहरुले हेलचेक्र्याइँ गर्दै आएका छन् ।

गत वर्षको नाफाबाट लाभांश घोषणा गरेका ५ कम्पनीले भने अझै साधरण सभा प्रयोजनका लागि बुकक्लोज गरेका छैनन् । तसर्थ अझै सेयर किन्दा ती कम्पनीको प्रस्तावित लाभांश पाइन्छ ।

एशियन लाइफ, युनाइटेड अजोड, एनएलजी इन्स्योरेन्स, साल्ट ट्रेडिङ र माउन्टेन इनर्जीको बुकक्लोज हुन बाँकी छ । जसमा युनाइटेड अजोड र एनएलजीले साधरण सभाका लागि बुकक्लोज मिति तोकेका छन् भने अरुले अझै मिति घोषणा गरेका छैनन् ।

एशियन लाइफले गत वर्षको नाफाबाट ७.७५ प्रतिशत बोनस सेयर र ०.४० प्रतिशत नगद गरी कुल ८.१५ प्रतिशत लाभांश घोषणा गरेका छ । त्यस्तै, युनाइटेड अजोडले १०.८० प्रतितश (१०.२६% बोनस र ०.५४% नगद), एनएलजीले ५.७८ प्रतिशत (५.५% बोनस र ०.२८% नगद) लाभांश प्रस्ताव गरेका छन् ।

त्यसैगरी, साल्ट ट्रेडिङले १५.७९ प्रतिशत (१५ % बोनस र ०.७९% नगद र माउन्टेन इनर्जीले १५.७९ प्रतिशत (१५% बोनस र ०.७८% नगद ) लाभांश घोषणा गरेको छ ।

एनसेलको सेयर खरिदबिक्री कानुनसम्मत नरहेको ठहर, यस्ता छन् छानबिनका १० निष्कर्ष Read Previous

एनसेलको सेयर खरिदबिक्री कानुनसम्मत नरहेको ठहर, यस्ता छन् छानबिनका १० निष्कर्ष

६ महिनामा साढे ३ लाखले लिए श्रम स्वीकृति, अघिल्लो वर्षको तुलनामा घटे Read Next

६ महिनामा साढे ३ लाखले लिए श्रम स्वीकृति, अघिल्लो वर्षको तुलनामा घटे