इतिहासमै पहिलोपटक श्री एयरलाइन्सद्धारा कैलाश मानसरोवरमा उडान

काठमाडौं । निजी क्षेत्रको वायुसेवा प्रदायक श्री एयरलाइन्सले इतिहासमै पहिलोपटक चीनको तिब्बतस्थित कैलाश पर्वत तथा मानसरोवर क्षेत्रमा उडान गरेको छ।

एयरलाइन्सले सोमबार ‘सीआरजे नाइनएन एमबी’ विमानले नेपालगञ्ज विमानस्थलबाट मानसरोवर दर्शनका लागि पर्वतीय उडान (माउन्टेन फ्लाइट) गरेको हो ।

नेपाली भू-भागबाट कैलाश पर्वत तथा मानसरोवर उडान गरेको यो नै पहिलो रहेको एयरलाइन्सद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।

श्री एयरलाइन्स, टेम्पल ट्रिप ग्रुप इन्डिया, सिद्धार्थ हस्पिटालिटी ग्रुप नेपालगञ्जको सहकार्यमा कैलाश तथा मानसरोवर दर्शन पर्वतीय उडान २७ हजार फिट उचाइबाट गरिएको हो।

क्याप्टेन प्रफुल्ल वैद्य तथा क्याप्टेन राजेश श्रेष्ठको नेतृत्वमा ४४ जना यात्रु र चालक दल ५ जना समेत उडान गरिएको हो।

नेपालगञ्जबाट नेपाली, भारतीय, विदेशी लगायत धार्मिक पर्यटकहरू आकर्षित गर्न सकिने र आर्थिक गतिविधिमा समेत महत्वपूर्ण उपलब्धि हुने विश्वास रहेको एयरलाइन्सका प्रबन्धक अनिल मानन्धरले बताए।

प्रबन्धक मानन्धरका अनुसार नेपालगञ्जबाट कैलाश तथा मानसरोवर दर्शन गराउँदै काठमाडौंमा ल्याइ पशुपतिनाथ दर्शन गराउने योजना रहेको छ।

रिलायन्स स्पिनिङको ‘कटअफ’ मूल्य ९१२ रुपैयाँ, आइपीओ भर्न कम्तीमा ४१ हजार चाहिने Read Previous

रिलायन्स स्पिनिङको ‘कटअफ’ मूल्य ९१२ रुपैयाँ, आइपीओ भर्न कम्तीमा ४१ हजार चाहिने

नेप्से २१०० विन्दु माथि उक्लियो, हिमालयन रि-इन्स्योरेन्समा उच्च आकर्षण Read Next

नेप्से २१०० विन्दु माथि उक्लियो, हिमालयन रि-इन्स्योरेन्समा उच्च आकर्षण